समाचारआइतबार, १० मंसिर , २०७४

पहिलो चरणमा  ६५ प्रतिशत मतदान

हिमालखबर

म्याग्दीकाे बेनीमा मतदान गर्दै मतदाता । तस्वीर: गोपेन राई

निर्वाचन आयोगले पहिलो चरण अन्तर्गत ३२ जिल्लामा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ ।

आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त अयोधिप्रसाद यादवले निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताए ।

आयोगले ६५ प्रतिशत भन्दा बढी मत खसेको अनुमान गरेको छ । 

प्राविधिक विषय भएकाले खसेको मतको निश्चित तथ्यांक आउन समय लाग्ने उनले जानकारी दिए ।

आयोगका अनुसार मतदान सम्पन्न भएका हिमाली र उच्च पहाडी ३२ जिल्लामध्ये बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मत खसेको छ ।

दुर्इ मतदान केन्द्र (रूकुम बाफीकोटको रत्न मावि ‘क’मा प्रत्यक्षतर्फको  र आठबीसकोटको नेपाल राष्ट्रिय माविको ‘ख’मा समानुपातिकतर्फको) को मतदान पुनः हुनेछ ।

ती निर्वाचन केन्द्रका एक एक मतपेटिकामा एसिड हालेर जलाइएका थिए ।

 

प्रतिकृया दिनुहोस