दोलखाको मार्वु मतदान केन्द्रमा हवाई फायर
दोलखाको बैतेश्वर गाँउपालिका–७ नाम्दु मार्वुको कालिका मावि मतदान केन्द्रमा झडप भएपछि प्रहरीले हवाई फायर गरेको छ ।
अर्कैको नाममा मत खसाल्न लागेका मतदतासँग भएको विवाद बढदै गएर झडप भएपछि प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।
त्यसक्रममा प्रहरीले तीन राउण्ड हवाई फायर गरेको थियो ।
अहिले भने उक्त मतदान केन्द्रमा स्थिति साम्य भई शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।
सर्मिला बुढाथोकी