डोल्पाका दुई मतदान केन्द्र सम्पर्कविहीन, फोदगाउँमा मतदान सम्पन्न
उपल्लो डोल्पाका दुई मतदान केन्द्र सम्पर्कविहीन भएका छन् ।
टेलिफोन र सञ्चारका अन्य उपकरणको पहुँच नुहँदा छार्काताङसोङ गाउँपालिकाको घेराङ मतदान केन्द्र र डोल्पो बुद्ध गाउँपालिकाको कलाङ मतदान केन्द्र सम्पर्कविहीन भएका हुन् ।
डोल्पाका ६६ मध्ये ६४ मतदान केन्द्र भने सम्पर्कमा रहेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।
डोल्पामा अहिलेसम्म ४० प्रतिशत बढी मतदान भएको शर्माले बताए ।
शे–फोक्सुन्डो गाउँपालिका अन्तर्गतको फोदगाउँ मतदान केन्द्रमा भने मतदान सम्पन्न भएकोे छ । रासस