रुकुमका दुई केन्द्रमा मतपेटिकामा आगजनी
रुकुमका दुईवटा मतदान केन्द्रका दुई मतपेटिकामा आगजनी भएको छ ।
रुकुमपश्चिमको बाँफिकोट–५ स्थित रत्न आधारभुत विद्यालय केन्द्रमा रहेको एउटा मतपेटिका र आठबिसकोट–११ स्थित नेपाल राष्ट्रिय मावि केन्द्रको एक पतपेटिकामा आगजनी भएको हो ।
आठबिसकोटमा घटनालगत्तै नेपाली कांग्रेसका उम्मेदवारका प्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाँफिकोटको रत्न आधारभुत विद्यालयको मतपेटिकामा भने कुनै मतदाताले एसिड हालेको आशंका गरिएको छ । उक्त पेटिकामा २५० मत खसेको थियो ।
उक्त घटनापछि पनि मतदान भने सुचारु नै छ ।
लक्ष्मण केसी, रुकुम