बामरुक मतदान केन्द्र: कर्मचारी र सुरक्षाकर्मी सबै महिला
रोल्पा नगरपालिका–१ को तारा मावि बामरुक मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी सबै महिलामात्रै छन् ।
मतदान केन्द्रमा खटिएका १० जना कर्मचारी र सुरक्षाकर्मीहरु सबै महिलामात्रै रहेको मतदान अधिकृत लोकेन्द्रा आचार्यले जानकारी दिइन् ।,
अहिले सम्म ५ वटा निर्वाचन कार्यक्रममा सहभागी भएकी लोकेन्द्राले यसअघि पनि २ पटक महिलाहरुको मात्र नेतृत्व गरी मतदान कार्य सम्पन्न गराइसकेकी छन् ।
भन्छिन, “पुरुष नहुँदा फरक पर्दैन, मतदान सम्पन्न गराउने काम जसले गराए पनि उस्तै हो ।” महिलाकै नेतृत्वमा महिलाले मात्रै जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको यो कार्य उदाहरणीय समेत हुने उनको भनाई छ ।
उक्त मतदान केन्द्रमा ७ सय ४१ मतदाता छन् ।
जीवन डाँगी, रोल्पा