दोलखामा शान्तिपूर्ण रुपमा मतदान हुँदै
सँधै जसो बुथकब्जा हुने भनेर चर्चा कमाएको दोलखा जिल्लामा आज शान्तिपूर्ण रुपमा मतदान भै रहेको छ ।
पहिले विवाद हुने गरेका जिल्लाका गैरमिुदी, झुले, जफे लगायतका मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।
तामाकोसी गाँउपालिकाको जफेमा केही व्यक्तिले मतदातालाई अवरोध गर्ने प्रयास गरेपनि सुरक्षा अवस्था बलियो पारिएकोले अहिले कुनै समस्या नरहेको प्रहरीले जनाएको छ ।
दोलखा जिल्लामा ९४ मतदान स्थल र १ सय ९० मतदानकेन्द्र छन् ।
केही स्थानमा बम
मतदातालाई तर्साउने उद्देश्यले भीमेश्वर नगरपालिकाको केही स्थानमा बम राखिएको पाइए पनि त्यसलाई नेपाली सेनाले निष्क्रिय पारेको छ ।
सदरमुकाम चरिकोटको सडक विभाग कार्यालय छेउ, वडा नम्बर ६ को मतदान केन्द्र नजिक र जिरी जाने सडक छेउमा बम राखिएको थियो ।
सर्मिला बुढाथोकी