भोजपुरको च्याङग्रेमा मतदान केन्द्रमा विष्फोट
भोजपुरको पौवादुङ्मा–३ च्याङग्रेस्थित पञ्चकन्या माविको गेटमा बम विष्फोट भएको छ ।
बिहान ७ बजेबाट मतदान शुरु भएको पञ्चकन्या मावि केन्द्रमा ८८ मत खसिसकेपछि एक्कासी बम विष्फोट भएको थियो । बम शक्तिशाली नभएको हुँदा कसैलाई क्षति नपुगेको प्रहरीले जनाएको छ ।
अहिले उक्त केन्द्रमा थप सुरक्षाशक्ति परिचालन गरिएको जिल्ला सुरक्षा समितिका प्रमुख प्रजिअ फडिन्द्र दाहालले बताएका छन् ।
विष्फोटपछि पनि मतदान सुचारु रहेको छ ।
भोजपुरका अन्य सबै केन्द्रमा मतदान शान्तिपूर्ण रुपमा जारी भएको मुख्य निर्वाचन अधिकृत हरिसचन्द्र इङनामले जानकारी दिएका छन् ।
भोजपुर जिल्लाभर ८७ मतदान स्थल र १ सय ४८ मतदान केन्द्र छन् ।
सरिता राई, भोजपुर