सल्यानमा बस दुर्घटना, १२ जना घाइते
सल्यानको शारदा नगरपालिका ६ बरलामा बस दुर्घटना भएको छ ।
रोल्पाको सुकाओरालबाट दाङ, तुलसीपुरतर्फ जाँदै गरेको ना २ ख ८०७७ नम्बरको बस बरलामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी १२ जना यात्रु घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको छ ।
घाइतेहरुको सल्यान, श्रीनगरमा उपचार भइरहेको छ ।