बजाजको “पेट्रोल बाहेक सबै खर्च हाम्रो” योजना
नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत विक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले “पेट्रोल बाहेक सबै खर्च हाम्रो” योजना ल्याएको छ ।
यो योजना अन्तर्गत बजाज डिस्कभर बाइकको खरिदमा ग्राहकहरुले दुई वर्षसम्म स्पेयर पार्टस्, इञ्जिन आयल, सर्भिसिङ र लेबर चार्ज निःशुल्क प्राप्त गर्नेछन् ।
योजना प्राप्त गर्नको लागि ग्राहकहरुले बजाजको कुनै पनि सिरिजको डिस्कभर बाइकको खरिदमा निःशुल्क कुपन भएको बुकलेट प्राप्त गर्नेछन् ।
उक्त बुकलेटका आधारमा ग्राहकहरुले दुई वर्षसम्म योजना अनुरुपमा लाभ लिन सक्नेछन् ।
योजना डिस्कभर बाइकमा मात्रै लागू हुने कम्पनीले जनाएको छ ।