धनकुटामा बारूद विष्फोट
धनकुटाको छिन्ताङ शहिद भूमी गाउँपालिकामा बारूद विष्फोट भएको छ ।
आज बिहान छिन्ताङ शहिद भूमी गाउँपालिकाको फक्सिङ खोलामा अज्ञात समूहले तीन वटा बारूद विष्फोट गराएको हो ।
धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीका अनुसार बारूद विष्फोटबाट कुनै क्षति भएको छैन ।
उद्योग मन्त्री सुनिलबहादुर थापा र उनको प्रचार टोलीको गाडी गुडिरहेको स्थानभन्दा करीब ५०० मीटर अगाडि बारूद विष्फोट भएको थियो ।
रंगको बट्टामा भरिएका तीनवटा बारूद विष्फोट भएको प्रमुख जिल्ला अधिकारी उप्रेतीले जानकारी दिए ।
उप्रेतीका अनुसार अहिले फक्सिङ खोला आसपासको जनजीवन सामान्य छ ।
राप्रपा प्रजातान्त्रिकका महामन्त्री समेत रहेका थापा लोकतान्त्रिक गठबन्धनको तर्फबाट धनकुटामा प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् ।