एडिबीको १५ अर्ब सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय
मन्त्रिपरिषद्को बैठकले एशियाली विकास ब्यांक (एडिबी)बाट प्राप्त हुने सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आजको बैठकले शहरी विकास तथा आधुनिकीकरणका लागि एडिबीले उपलब्ध गराउने सहयोग स्वीकार गर्ने निर्णय गरेको हो ।
शहरी विकास तथा आधुनिकीकरणका लागि एडिबीले १५० मिलियन अमेरिकी डलर अर्थात् करीब रु १५ अर्ब ५० करोड सहयोग गर्ने भएको छ ।