हिमस्टारका नयाँ राइस कुकर सार्वजनिक
गोल्छा अर्गनाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्सले नयाँ मोडलका राइस कुकरहरु नेपाली बजारमा सार्वजनिक गरेको छ ।
हिम इलेक्ट्रोनिक्सले १ देखि २.८ लिटरसम्मका सात नयाँ मोडलका राइस कुकर सार्वजनिक गरेको हो ।
यी सबै कुकरहरुमा अटोमेटिक कुकिङको व्यवस्था रहको कम्पनीले जनाएको छ ।
हिमस्टारका सात मोडलका राइस कुकरहरुको बजार मूल्य रु. १,७७० देखि रु. ३,००० सम्म तोकिएको छ ।