बारामा बम विस्फोट, रसुवामा तीन मोटरसाइकलमा आगजनी
आज बिहान बाराको जितपुर–सिमरा उपमहानगरपालिका–१ मा पार्किङ गरिएको जिपमा बम विस्फोट भएको छ ।
अज्ञात समूहले बाराको निर्वाचन क्षेत्र नं ४ का प्रदेशसभा उम्मेदवार ओमकृष्ण कार्कीले प्रचारमा प्रयोग गरेको बा १४ च ६३३० नम्बरको गाडीमा बम विस्फोट गराएको हो ।
आगजनीबाट कुनै मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए ।
त्यस्तै रसुवामा तीनवटा मोटरसाइकलमा आगजनी भएको छ ।
रसुवाको पार्वतकुण्डा गाउँपालिका–२ ग्रे गाउँमा चुनावी प्रचारमा प्रयोग गरिएका मोटरसाइकल आगजनी गरिएको हो ।
आगजनी गरेको आशंकामा केही व्यक्तिलाई प्रक्राउ गरिएको प्रहरी निरीक्षक ध्रुव सिलवालले जानकारी दिए ।
प्रहरीका अनुसार अहिले दुबै स्थानको जनजीवन सामान्य छ ।