इटहरीमा सडक दुर्घटना, तीनको मृत्यु
सुनसरीको इटहरी उपमहानगरपालिका–४ हलगडास्थित इटहरी–धरान सडकखण्डमा एम्बुलेन्स र स्कुटर एक आपसमा ठोक्किंदा तीन जनाको मृत्यु भएको छ ।
इटहरीबाट उत्तरतिर जाँदै गरेको को २२ प ४६७ नम्बरको स्कुटर र धरानबाट इटहरीतिर आउँदै गरेको को १ च ७००९ नम्बरको एम्बुलेन्स ठोक्किंदा स्कुटरमा यात्रा गरिरहेका तीनजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–२ निवासी ४५ वर्षीय डुकबहादुर कार्की, पाल्पाको भैरवस्थान ऋद्धि गाउँपालिका निवासी ४० वर्षीय निर्माण गौतम र ४१ वर्षीया सरिता काफ्ले रहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । रासस