आर्यघाटमा प्रकाशको अन्त्येष्टि
छोरा प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहालले दागबत्ती दिएका छन् ।
प्रकाश दाहालको भर्खरै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
माओवादी पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशको आज बिहान हृदयघातका कारण निधन भएको थियो ।
यसअघि श्रद्धाञ्जलीका लागि प्रकाशको पार्थिव शरीरलाई माओवादी केन्द्रको हेडक्वार्टर पेरिडाँडामा राखिएको थियो ।