समाचारआइतबार, ३ मंसिर , २०७४

प्रकाशको निधनको कारण हृदयघात

हिमालखबर

माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भएको चिकित्सकले जनाएका छन् ।

नर्भिक अस्पतालका चिकित्सक जेपी जैसवालले प्रकाशलाई आज विहान ५ः५० बजे अस्पताल ल्याइपुर्‍याउनु तीन घण्टा अघि नै उनको मृत्यु भएको परीक्षणबाट थाहा भएको बताए ।

अस्पताल ल्याउँदा उनको नाडीको चाल नरहेको र शरीर समेत कडा भइसकेको भन्दै डा जैसवालले लक्षण अनुसार उनको तीन घण्टाअघि नै हृदयघातका कारण निधन भइसकेको बताए ।

“प्रकाशको शरीरमा कुनै चोटपटक छैन,” उनले भने, “ब्लडप्रेसर, डाइबिटिज केही पनि देखिएन ।”

४ बजे अन्त्येष्टि

नर्भिक अस्पतालमा पुष्पकमल दाहाल । तस्वीर: बिक्रम राई

प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा लगिएको छ ।

अपराह्न चारबजे पछि उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले जानकारी दिएकी छन् ।

हिजो २ मंसीरमा चुनावीसभालाई सम्बोधन गर्न झापा पुगेका पुष्पकमल दाहाल आज विहान हेलिकप्टरबाट काठमाडौं आइपुगेका छन् ।

प्रकाशका दुई श्रीमती र दुई छोरा छन् । उनी ३६ वर्षका थिए ।   

प्रतिकृया दिनुहोस