खेलकुदशुक्रवार, मंसिर १, २०७४

एसीसी यू–१९ः नेपाल अफगानिस्तानसँग ७ विकेटले पराजित

हिमालखबर

मलेशियामा जारी एसीसी यू–१९ एशिया कप क्रिकेटबाट नेपाल बाहिरिएको छ ।

आज भएको सेमिफाइनल खेलमा अफगानिस्तानसँग ७ विकेटले हार व्यहोरेपछि नेपाल फाइनलमा पुग्नुअघि बाहिरिएको हो ।

यसपटकको खेलमा नेपालले भारतलाई हराउँदै सेमिफाइनलमा पुगेपछि यू–१९ कप जित्ने अपेक्षा गरिएको थियो ।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले २८ ओभर खेलेर १०३ रनमात्रै बनाउन सक्यो । नेपालले दिएको १०४ रनको लक्ष्य अफगानिस्तानले ३ विकेट गुमाएर २०.३ ओभरमै पूरा गर्‍यो ।

 

प्रतिकृया दिनुहोस