खेलकुदशुक्रवार, मंसिर १, २०७४

नेपालद्वारा अफगानिस्तानलाई १०४ रनको लक्ष्य

हिमालखबर

मलेशियामा जारी एसीसी यू १९ कपके सेमिफाइनलमा नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ रोजेको नेपालले २८ ओभरमा अलआउट हुँदै १०३ रनमात्रै जोड्न सक्यो ।

अनिलकुमार साहले ५७ बलमा ५० रन बनाए भने अन्यले दोहोरो रन जोड्न सकेनन् ।

सन्दीप लामिछाने ७, रोहितकुमार पौडेल ४ रन, दीपेन्द्र सिंह ऐरी ६, भीम सार्की ६ र पवन सर्राफ ८ रनमा आउट भए । जितेन्द्र सिंह १ रनमा आउट भए भने आसिफ शेखले एक रन पनि बनाउन सकेनन् । साहब आलम ७ रनमा नट आउट रहे ।

आजको विजेताले फाइनलमा पाकिस्तानसँग खेल्ने छ ।

 

प्रतिकृया दिनुहोस