हुण्डाईको नयाँ 'भर्ना'
नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले 'नेक्स्ट जेन भर्ना' सार्वजनिक गरेको छ ।
यसमा एलईडी टेल ल्याम्प, सार्क फिन एन्टेना, कुल्ड ग्लोब बक्स लगायतका सुविधा रहेका छन् । त्यस्तै डुयल टोन बम्पर, सिट हाईट एडजष्टर, कप होल्डर लगायतका विशेषता रहेका छन् ।
भर्नामा १५९१ सीसीको पेट्रोल इन्जिन रहेको छ ।
तीन मोडलमा उपलब्ध 'नेक्स्ट जेन भर्ना'को बजार मूल्य ४२ लाख ९६ हजारदेखि ४६ लाख ९६ हजारसम्म रहेको छ ।
नेपालमा हुण्डाईका सम्पूर्ण गाडीमा तीन वर्षको वारेन्टी, चार वर्षसम्म निःशुल्क सर्भिसिङ तथा चालू आवको कर र नामसारी पनि निःशुल्क रहेको कम्पनीले जनाएको छ ।
भर्नाको मात्रै विश्वभर करीब ९० लाख ग्राहक रहेको कम्पनीले दाबी गरेको छ ।