निर्वाचन आयोगद्वारा नमूना मतदान अभ्यास
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास गरेको छ ।
आज आयोगले मतदान गर्ने सही तरिका र मतदान गर्ने समय निर्धारणका लागि आफ्नै कर्मचारीद्वारा नमूना मतदान अभ्यास गरेको हो ।
नमूना मतदानबाट मतदान केन्द्रले ओगट्ने स्थानको जानकारी हुने र कर्मचारीको व्यस्थापनमा पनि सहज हुने प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताए ।
आयोग परिसरमा गरिएको अभ्यासमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सुरक्षाकर्मी, स्वंसेवक, पर्यवेक्षक, मतदान प्रतिनिधिलगायतको पूर्ण व्यवस्था गरिएको थियो ।
उम्मेदवारमाथि भएका केही आक्रमणका घटनाका सम्बन्धमा प्रमुख आयुक्त यादवले दुःख व्यक्त गर्दै त्यस सम्बन्धमा सरकारसँग कुरा भएको र सरकारले गम्भीरतापूर्वक लिई सुरक्षाको प्रत्याुभूति दिलाउने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए । रासस