कला/साहित्यबुधवार, कार्तिक २९, २०७४

भोलिदेखि लघु चलचित्र महोत्सव हुँदै

हिमालखबर

काठमाडौंमा भोलि, ३० कार्तिकदेखि 'एकादेशमा अन्तर्राष्ट्रिय लघु चलचित्र महोत्सव' हुँदैछ ।

लघु चलचित्रलाई काठमाडौंको कुमारी हलमा नियमित प्रदर्शनसँगै काठमाडौं, पाटन र भक्तपुर दरबार स्क्वायरमा खुला प्रदर्शन पनि गरिनेछ ।

२०१२ देखि शुरु भएको महोत्सवमा यो वर्ष ४३ देशका ९९ लघु चलचित्रहरु प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा चलचित्रबारे समसामयिक छलफल र बिश्लेषण समेत गरिनेछ ।

प्रतिकृया दिनुहोस