नेपालले फिलिपिन्ससँग गोलरहित बराबरी खेल्यो
एएफसी एशिया कप छनोट चरणको पाँचौं खेलमा नेपालले फिलिपिन्ससँग गोलरहित बराबरी खेलेको छ ।
ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले समुहको शीर्ष स्थानमा रहेको फिलिपिन्सलाई बराबरीमा रोकेको हो ।
छनोट चरणको कुनै पनि खेलमा जित हासिल गर्न नसकेको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ ।
समुह चरणको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग उसकाे घरेलु मैदानमा ४–१ गोलले पराजित भएको थियो ।