नेपालले मलेशियालाई ८ विकेटले हरायो
एसीसी यु–१९ एशियाकप अन्तर्गत मलेशियामा भएको समूह चरणको अन्तिम खेलमा नेपालले मलेशियालाई ८ विकेटले पराजित गरेको छ ।
टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले २४ ओभरको खेलमा मलेशियालाई १५.३ ओभरमा ४५ रनमा समेटेको थियो ।
खेलका क्रममा पानी परेपछि खेललाई २४ ओभरमा झारिएको होे ।
मलेशियालाई थोरै स्कोरमा समेट्ने क्रममा सन्दीप लामिछानेले ३ ओभरमा ८ रन दिई ५ विकेट लिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २ विकेट, सहव आलमले २ र अनिल साहले १ विकेट लिए ।
दोस्रो इनिङमा ब्याटिङ गरेको नेपालका ओपनिङ ब्याट्सम्यान अनिल साहले १५ बलमा तीन छक्का र एक चौकाको मद्दतले २६ रन, दीपेन्द्रसिंह ऐरीले ३ बलमा दुई छक्कासहित १२ रन बनाए भने आशिफ शेखले ४ रन बनाएका थिए ।
अहिले जारी भारत र बांग्लादेशबीचको खेलमा भारत पराजित भएमा नेपाल सेमीफाइनलमा पुग्ने छ तर, भारतले जितेमा रन रेटका आधारमा तय हुनेछ ।