राष्ट्रपति विद्यादेवी भण्डारी युएई प्रस्थान
राष्ट्रपति विद्यादेवी भण्डारी संयुक्त अरब इमिरेट्सको औपचारिक भ्रमणका लागि अबुधावीतर्फ प्रस्थान गरेकी छन् ।
राष्ट्रपति भण्डारी युएईका युवराज शेख महम्मद बिन जाहेद अल नेह्यानको निमन्त्रणामा आज त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा तथा विशिष्ट अधिकारीहरुले बिदाइ गरेका थिए ।
नेपाली सेनाको टुकडीले राष्ट्रपतिको सम्मानमा २१ तोपको सलामी दिएको थियो ।
नेपाल तथा युएईले सन् १९७७ को जनवरी २२ मा कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए । २८ कार्तिकमा राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता हुनेछ । भण्डारी ३० कार्तिकमा स्वदेश फर्कने कार्यक्रम रहेको छ । रासस