लुम्बिनी ब्यांकको नयाँ शाखा
लुम्बिनी विकास ब्यांक लिमिटेडले मोरङको सुन्दर–हरैचामा ५७ औं शाखा स्थापना गरेको छ ।
शाखाको उद्घाटन सुन्दर–हरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले गरेका हुन् ।
नयाँ शाखाबाट मोबाइल ब्यांकिङ, निक्षेप तथा कर्जा लगायतका सुविधा दिइने ब्यांकले जनाएको छ ।
शाखा उद्घाटन समारोहमा ब्यांक सञ्चालक समितिका अध्यक्ष सुशीलराज पराजुलीले ग्राहकलाई सहज तरिकाले आधुनिक ब्यांकिङ सुविधा प्रदान गर्नको लागि ग्रामीण भेगमा शाखा विस्तार गर्दै जाने बताए ।