रोल्पामा ६ मतदान केन्द्र थपिए
रोल्पामा ६ वटा मतदान केन्द्र थपिएको छ ।
१० मंसीरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि १६० मतदान केन्द्र कायम गरिएको छ । यसअघि भएको स्थानीय तह निर्वाचनमा रोल्पामा १५४ मतदान केन्द्र रहेका थिए ।
मुख्य निर्वाचन अधिकृत लिलु गिरीकाअनुसार रोल्पामा ८० मतदानस्थल रहेका छन् ।
स्थानीय चुनावपछि रोल्पामा १० हजार ८९४ जना नयाँ मतदाता थपिएका छन् । स्थानीय तह चुनावमा जिल्लामा एक लाख १७ हजार २६१ मतदाता रहेका थिए ।
आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एक लाख २७ हजार ६२९ मतदाताले मतदान गर्न पाउने जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जीवन डाँगी, रोल्पा