चिकित्सा शिक्षा अध्यादेश राष्ट्रपतिद्वारा जारी
राष्ट्रपति विद्यादेवी भण्डारीले चिकित्सा शिक्षा अध्यादेश–२०७४ जारी गरेकी छन् ।
मन्त्रिपरिषदको ६ असोजको बैठकले चिकित्सा शिक्षा अध्यादेश पारित गरी जारी गर्नका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
राष्ट्रपति कार्यालयले २४ कात्तिकमा नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम चिकित्सा शिक्षा अध्यादेश जारी गरेको जनाएको छ ।
माथेमा आयोगको प्रतिवेदन अनुसार चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गराउन डा. गोविन्द केसीले लामो संघर्ष गरे पनि दलहरुबीच सहमति नहुँदा विधेयक संसदबाट पारित हुन सकेको थिएन ।
संसदबाट पारित नभएपछि सरकारले उक्त विधेयकलाई अध्यादेशमार्फत जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।
अब उक्त अध्यादेशलाई नयाँ बन्ने संसदले ६ महीनाभित्र पारित गर्नुपर्ने छ ।