एनआईबिएल र एस क्यापिटल मर्ज हुँदै
एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेड र एस क्यापिटल लिमिटेड मर्ज हुने भएका छन् ।
मर्जरमा जाने प्रक्रियाको बारेमा २३ कार्तिकमा दुबै संस्थाबीच सम्झौता भएको हो ।
सम्झौतामा एनआईबिएल क्यापिटल मार्केट्सको तर्फबाट सञ्चालक समितिका अध्यक्ष सचिन टिवडेवाल र एस क्यापिटलको तर्फबाट पनि सञ्चालक समितिका अध्यक्ष रविन सिजापतीले हस्ताक्षर गरेका छन ।
मर्जर पश्चात कम्पनीको चुक्ता पुँजी रु २७ करोड पुग्नेछ ।
यसअघि नै एस क्यापिटल लिमिटेडको मूख्य कम्पनी एस डेभलपमेण्ट ब्यांक, नेपाल इन्भेष्टमेण्ट ब्यांकमा गाभिएको छ ।