सिजी मोबाइलका दुई नयाँ मोडल
सिजी मोबाइलले एष्ट्रो फाइभ एल र एष्ट्रो मेरो प्लस गरी दुई नयाँ मोडल नेपाली बजारमा ल्याएको छ ।
नयाँ मोडलका मोबाइल सस्तो मूल्य र धेरै फिचर रहेको कम्पनीले जनाएको छ ।
एष्ट्रो मेरो प्लस मोबाइलमा क्यामेरा, एफएम, १००० एमएएचको ब्याट्री रहेको छ । टर्च, जीपिआरएस लगायतको फिचर रहेकाे मेरो प्लसको मूल्य ९९९ तोकिएको छ ।
त्यसैगरी एष्ट्रो फाइभ एल प्लसमा वाइरलेस एफएम, बुलुटुथ, १८०० एमएएचको ब्याट्री रहेको छ । एक हजार ६९९ मूल्य तोकिएको फाइभ एल प्लसमा एमपी थ्री तथा एमपी फोर लगायतका फिचर रहेका छन् ।
यी दुबै मोबाइलमा एक सय दिनको सटही अफर समेत रहेको छ ।