मोरङमा ११ महिला चुनावी प्रतिस्पर्धामा
मोरङमा दश प्रतिशतभन्दा कम महिला चुनावी मैदानमा उत्रिएका छन् ।
प्रतिनिधि र प्रदेशसभाका १६९ उम्मेदवारमध्ये ११ जना मात्रै महिला रहेका छन् ।
छ वटा संसदीय क्षेत्र रहेको मोरङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६१ मध्ये तीन महिला चुनावी प्रतिस्पर्धामा छन् ।
निर्वाचन क्षेत्र नं २, ५ र ६ बाट मात्र महिलाले उम्मेदवारी दिएकोे निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।
तीमध्ये मोरङको क्षेत्र नं २ बाट प्रतिनिधि सभाका लागि कल्पना विमलीले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । क्षेत्र नं २ का १२ उम्मेदवारमध्ये विमली एक्लो महिला उम्मेदवार हुन् ।
त्यस्तै, क्षेत्र नं ५ बाट अनिताकुमारी ढकालले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । क्षेत्र नं ६ बाट नयाँशक्ति पार्टीकी विमला अर्याल चुनावी मैदानमा छन् ।
त्यस्तै प्रदेश सभाअन्तर्गत १२ वटा क्षेत्रमा आठ जना महिला चुनावी प्रतिस्पर्धामा छन् । रासस