सियास र धुलिखेल नगरपालिकाबीच सहमति
जलवायू परिवर्तनका कारण पानीको स्रोतमा परिरहेको असरबारे अध्ययनका लागि धुलिखेल नगरपालिका र साउथ एशिया इन्सिच्युट अफ एड्भान्स्ड् स्टडीज (सियास) बीच समझदारी भएको छ ।
जलवायु परिवतर्न, पानीका स्रोतको संरक्षण, शहरीकरण लगायतका क्षेत्रमा क्षमता अभिवृद्धि र नीति निमार्णका लागि सहकार्य गर्ने समझदारी भएको सियासका कार्यकारी निर्देशक ङमिन्द्र दाहालले जानकारी दिए ।
समझदारीसँगै सियासले धुलिखेल क्षेत्रमा गर्ने अध्ययन अनुसन्धानका निश्कर्ष तथा ज्ञानहरु नगरपालिकालाई प्रदान गर्ने छ ।
२२ कार्तिकमा धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्यान्जु र सियासका कार्यकारी निर्देशक दाहालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतामा जलवायु परिवर्तन तथा शहरीकरणका कारण असाधारण रुपले वृद्धि भएको पानीको माग सम्वोधन गर्न आवश्यक वैज्ञानिक ज्ञान र सूचना आदान प्रदान गरिने पनि उल्लेख छ ।
धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार व्यान्जुले अध्ययन अनुसन्धानबट निस्कने निचोडका आधारमा पानी लगायत प्राकृतिक स्रोत व्यवस्थापनमा सहयोग पुग्ने बताए ।