यु–१९ नेपालको लज्जास्पद हार
एएफसी यु–१९ च्याम्पियनसीप छनोटबाट बाहिरिएको टीम नेपाल ओमनसँग बिशाल गोल अन्तरले पराजित भएको छ । क्रिगिस्तानमा २२ कार्तिकमा नेपाल ५–० गोलले पराजित भएको हो । मध्यान्तरसम्म १–० गोलले पछि परेको नेपालविरुद्ध ओमनले मध्यान्तरपछि ४ गोल थपेको हो ।
समूह ‘ए’ मा रहेको नेपालले एक गोल पनि गर्न सकेन भने १२ गोल खाएर फर्केको छ । चार वटै खेल हारेको नेपालले क्रिगिस्तानसँग २–०, बहराईनसँग ४–० र युएईसँग १–० गोल खाएको थियो ।
तीन खेलबाट ९ अंक जोडेको युएई समूह चरणको अन्तिम खेल नखेल्दै एफसी यु–१९ च्याम्पियनसीप, २०१८ का लागि छनोट भईसकेको छ ।