नवलपुरमा जिल्ला प्रशासन कार्यालय स्थापना
नेपालकै कान्छो जिल्लाका रुपमा परिचित नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा जिल्ला प्रशासन कार्यालय स्थापना गरिएको छ ।
तत्कालका लागि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नामाकरण गरिएको नवलपुर क्षेत्रको सदरमुकाम कावासोतीलाई आधार मानी जिल्ला प्रशासन कार्यालय स्थापना गरिएको हो ।
यसअघि इलाका प्रशासनका रुपमा रहेको कार्यालयलाई जिल्ला प्रशासन कार्यालयका रुपमा रुपान्तरण गरिएको छ ।
नवलपुरमा प्रमुख जिल्ला अधिकारीका रुपमा शम्भुप्रसाद मरासिनीले आजदेखि जिम्मेवारी समालेका छन् ।
यसअघि नवलपुर क्षेत्रमा जिल्ला समन्वय समिति, जिल्ला निर्वाचन कार्यालयलगायतका कार्यालय स्थापना भइसकेका छन् । रासस