नयाँ शक्तिकोे सिंगो जिल्ला कमिटी एमालेमा
दोलखामा नयाँ शक्ति नेपाल पार्टीको जिल्ला कमिटी एमालेमा विलय भएको छ ।
वाम एकतालाई अझ मजबुत बनाउने उद्देश्यका साथ दोलखाको एमाले र नयाँ शक्ति नेपाल पार्टी बीच एकीकरण भएको एमाले अध्यक्ष इश्वरचन्द्र पोखरेल र नयाँ शक्ति नेपाल पार्टीका अध्यक्ष रविन्द्र कार्की द्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ।
एकीकरण घोषणा कार्यक्रममा एमाले दोलखा अध्यक्ष इश्वरचन्द्र पोखरेलले नयाँ शक्ति नेपालका अध्यक्ष लगायत जिल्ला कमिटीमा आवद्ध सदस्यहरुलाई एमालेमा महत्वपूर्ण जिम्मेवारी दिईने बताए ।
एकीकरणपछि नयाँ शक्ति नेपाल पार्टीका जिल्ला संयोजक रविन्द्र कार्की लगायतका केही नेताहरु एमाले दोलखाको सचिवालय सदस्यमा मनोनयन भएका छन् ।
एकीकरणपछि नयाँ शक्ति नेपालका तर्फबाट दोलखाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका बैकुण्ठप्रसाद भण्डारीले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् ।
यसैबीच नेकपा एमालेका केन्द्रीय उद्योग विभाग सदस्य एवं दोलखाका पुराना नेता लालकुमार केसी नेकपा मालेको तर्फबाट प्रदेश नम्बर २ को उम्मेदवार बनेपछि एमाले दोलखाले उनलाई साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको छ ।
शर्मिला बुढाथोकी