मतदाता शिक्षालाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले मतदाता शिक्षालाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले अधिकतम मत खस्ने र न्यून बदर हुनेगरी व्यवस्थापन गर्न आयुक्तहरुलाई आग्रह गरेका हुन् ।
उक्त अवसरमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रधानमन्त्रीकोे प्रतिबद्धताकै कारण निर्वाचन तोकिएको समयमा सम्पन्न हुन गइरहेको बताएका थिए ।
भेटमा प्रमुख आयुक्तका साथै आयुक्त ईश्वरी पौडेल, इला शर्मा, सुधीरकुमार शाहलगायतको सहभागिता थियो ।