निर्वाचनलगत्तै एमाले–माओवादीबीच एकताः ईश्वर पोखरेल
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेकपा एमाले र माओवादी केन्द्रबीच निर्वाचन सकिएलगत्तै एकता हुने बताएका छन् ।
आज काठमाडौंमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पोखरेलले पार्टी एकताको लागि नै वाम गठबन्धन गरिएको बताएका हुन् ।
काठमाडौं क्षेत्र नम्बर–५ बाट वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवार रहेका पोखरेलले उम्मेदवारी दर्ताका क्रममा देखिएको उत्साहले वाम गठबन्धनले दुई तिहाइ ल्याउने दाबी गरे ।
“हामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दुई तिहाइ ल्याएर सरकार बनाउँछौं”, उनले भने, “मुलुकमा स्थिर सरकार भएपछि देशको कायापलट हुन्छ ।”