२१ मंसीरको निर्वाचनका लागि ३३५ महिलाको उम्मेदवारी
२१ मंसीरमा हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र गरी कूल ३३५ महिलाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रत्यक्ष निर्वाचन प्रणालीका लागि प्रतिनिधि सभातर्फ १२६ र प्रदेश सभातर्फ २०९ गरी कूल ३३५ महिलाले उम्मेदवारी दर्ता गराएका हुन् ।
निर्वाचन आयोगकाअनुसार, प्रतिनिधि सभाका लागि १,७४२ र प्रदेश सभाका लागि २,९६६ गरी कूल ४,७०८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि १० मंसीरमा हुने निर्वाचनका लागि ४१ महिलाले उम्मेदवारी दर्ता गराएका थिए ।