ओम डेभलपमेन्ट ब्यांकले जर्मनबाट ३५ करोड भित्र्याउँदै
ओम डेभलपमेन्ट ब्यांकसँग मिलेर जर्मनको सरकारी डेभलपमेन्ट ब्यांक (केएफडब्लु) रिकन्स्ट्रक्सन क्रेडिट इन्ष्टिच्युटले कृषि क्षेत्रमा लगानी गर्ने भएको छ ।
नेपालमा लगानी गर्ने विषयमा ओम डेभलप्मेन्ट ब्यांक र केएफडब्लुबीच सम्झौता भएको हो । सम्झौतासँगै ब्यांकले विदेशी मुद्रा भित्र्याउन राष्ट्र ब्यांक र अर्थमन्त्रालयसँग स्वीकृति माग गर्ने प्रकृया अघि बढाएको छ ।
ओम डेभलपमेन्ट ब्यांकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीकाअनुसार केएफडब्लुले कृषि क्षेत्रमा ऋण दिनका लागि ३५ करोड र किसान तथा ब्यांकका कर्मचारीलाई तालिम अन्य पूर्वाधार जुटाउन साढे १२ करोड रुपैयाँ लगानी गर्नेछ ।
ब्यांकले ३५ करोड रुपैयाँ आफ्नो ग्रामीण क्षेत्रका शाखाबाट लगानी गर्नुपर्नेछ । अहिले ब्यांकका ४१ मध्ये १७ शाखा ग्रामीण क्षेत्रमा रहेका छन् ।