अर्थ/बजारशुक्रवार, कार्तिक १७, २०७४

नबिल र ग्लोबल आईएमई ब्यांकको भाइबर ब्यांकिङ सेवा

हिमालखबर

नबिल ब्यांक र ग्लोबल आईएमई ब्यांकले भाइबर ब्यांकिङ् सेवा शुरु गरेका छन् ।

भाइबर ब्यांकिङ् सेवामार्फत ग्राहकहरुले मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटरलगायतबाट ब्यांकिङ् सेवाको जानकारी लिन सक्नेछन् ।

ग्लोबल आईएमई ब्यांकको भाइबर ब्यांकिङ सेवा लिनको लागि ग्राहकहरुको मोबाइल नम्बर ग्लोबल स्मार्ट मोबाईल ब्यांकिङ सेवामा दर्ता गरिएको हुनुपर्नेछ । त्यस्तै नबिल ब्यांकको भाइबर सेवा उपयोग गर्नको लागि ग्राहकरुले नबिल ब्यांकको भाइबरमा उपलब्ध सार्वजनिक खाता 'नबिल ब्यांक'मा दर्ता हुनुपर्नेछ ।

भाइबर ब्यांकिङ सेवामार्फत ग्राहकहरुले आफ्नो खाताको मौज्दात जाँच गर्न, कारोबारको विवरण, विनिमय दर तथा ब्याजदरको बारेमा जानकारी लिन सकिनेछ ।

 

प्रतिकृया दिनुहोस