यु–१९ नेपालको लगातार दोस्रो पराजय
क्रिगिस्तानमा जारी एएफसी यु–१९ च्याम्पियनसीप छनोट खेलमा नेपाल बहराईनसँग पराजित भएको छ । १६ कार्तिकमा भएको खेलमा नेपाललाई बहराईनले ४–० गोल अन्तरले पराजित गरेको हो ।
आयोजक क्रिगिस्तानले १४ कार्तिकमा नेपाललाई पराजित गरेको थियो । लगातार दुई खेलमा हार व्यवहोरेको नेपालको सन् २०१८ मा इण्डोनेसियामा हुने एएफसी यु१९ एसिया कप छनोट यात्रा कठिन बनेको छ ।
समूह ‘ए’ मा नेपाल, क्रिगिस्तान, बहराईन, ओमन र संयुक्त अरब ईमिरेट्स (युएई) छन् । यो समूहमा नेपाल बाहेक सबैको तीन–तीन अंक जोडी सकेका छन् । नेपालले १८ कार्तिकमा युएईसँग खेल्नेछ ।