झापा ५ बाट ओलीको उम्मेदवारी दर्ता
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
ओलीले वाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन ।
स्थिर सरकारको लागि वाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन ओलीले अपिल गरेका छन् ।
२१ मंसीरमा हुने निर्वाचनका लागि आज ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ क्षेत्रमा उम्मेदवारी दर्ता भइरहेको छ ।