चन्द्रागिरी केबलकार र टर्किस एयरलाइन्सबीच सम्झौता
चन्द्रागिरी केबलकार र टर्किस एयरलाइन्सबीच सम्झौता भएको छ ।
सम्झौता पत्रमा चन्द्रागिरीको तर्फबाट महाप्रबन्धक अभिषेक विक्रमशाह र टर्किस एयरलाइन्सको तर्फबाट महाप्रबन्धक अब्दुल्हातुन्सेर केसेचिले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार टर्किस एयरलाइन्समा कार्यरत कर्मचारी तथा टर्किसमा यात्रा गरेका यात्रुहरुले चन्द्रागिरी केबलकारको टिकटमा छुट पाउनेछन् ।
छुटको लागि यात्रुले टर्किस एयरलाइन्समा यात्रा गरेको बोर्डिङ्गपास र टिकट देखाउनुपर्ने चन्द्रागिरी हिल्सले जनाएको छ ।
सन् १९३३ मा स्थापित टर्किस एयरलाइन्ससँग अहिले २५१ अन्तर्राष्ट्रिय र ४९ आन्तरिक उडान भर्ने जहाज रहेका छन् । टर्किसले हाल विश्वका ३०० गन्तव्यमा उडान भर्दै आइरहेको छ ।