१७ किलो सुनसहित लमजुङबाट एकजना पक्राउ
अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीमा १७ किलो सुनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङलाई प्रहरीले आज पक्राउ गरेको हो ।
मनाङबाट बेँसीशहरतर्फ मोटरसाइकलमा आएका गुरुङ प्रहरीको चेकजाँचका क्रममा पक्राउ परेका हुन् ।
सुन तिब्बतबाट मनाङ हुँदै ल्याइएको हुन सक्ने प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए ।