कास्की कांग्रेसका नेताद्वारा बागी उम्मेदवारी दर्ता
नेपाली कांग्रेस कास्कीका नेता नरेशशंकर पालिखेले क्षेत्र नम्बर २ ख बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
पार्टीले उक्त क्षेत्रमा व्यवसायी विन्दु थापालाई टिकट दिएपछि असन्तुष्ट पालिखेले वागी उम्मेदवारी दिएका हुन् ।
पार्टीको आधिकारिक उम्मेदवार भन्दा अघिनै निर्वाचन अधिकारीको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका छन् ।
पालिखेले पार्टी नेतृत्वले टिकट वितरणमा योग्य उम्मेदवार चयन नगरेको र लामो समयदेखि क्रियाशिल कार्यकर्ताको मुल्याङ्कन नभएको गुनासो समेत व्यक्त गरे ।
“म २५ बर्षअघिदेखि पार्टीमा क्रियाशिल छु,” उनले भने, “यहाँ त दुई बर्षअघि पार्टीमा आएकाले टिकट पाएका छन् ।”
नेपाली कांग्रेस कास्कीका कोषाध्यक्ष, सचिव, पोखरा नगर सभापति, नगरपालिकाका पूर्व उपमेयर र पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष समेत भइसकेका पालिखेले उम्मेदवारी कुनै हालतमा फिर्ता नहुने बताए ।
युवराज श्रेष्ठ, पोखरा