पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता
आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय फिर्ता लिएको छ।
१५ कात्तिक राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा मूल्य बढाएको निगमले उक्त निर्णय फिर्ता लिई पुरानै मूल्य कायम गरेको हो ।
निर्वाचनका बेला बढाएको मूल्य फिर्ता लिन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएपछि आज, १६ कात्तिक बिहान बसेको निगम सञ्चालक समितिको बैठकले बढेको मूल्य फिर्ता लिइ पुरानै मूल्यमा कारोबार गर्ने निर्णय गरेको छ ।
भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यअनुसार समायोजन गर्दै आएको निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासको सिलिन्डरमा २५ रुपैयाँ बढाएको थियो।