चार दिने आँखा शिविर सम्पन्न
सोड नेपालले गोरखाको महालक्ष्मी माध्यमिक विद्यालयमा चार दिने निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।
माउन्टेन जोन ट्राभल एण्ड टुर्स, ओम साइबाबा मेमाेरियल हस्पिटल र महालक्ष्मी माविको सहआयोजनामा शिविर सम्पन्न भएको हो ।
८ कात्तिकबाट शुरु भएको शिविरमा ३८८ जनालाई निःशुल्क चश्मा दिइएको थियो । आँखा शिविरका लागि कोरियन अप्टिकल एशोसिएसनले कोरियाबाट नै मेसिन ल्याएको थियो । आँखा जाँच गर्दा ठुलो समस्या देखिएका बिरामीलाई कोरियाबाट नै चश्मा पठाउने सोड नेपालले जनाएको छ । शिविरमा एक हजार ४९७ जनाले आँखा जाँच गरेका थिए ।
त्यस्तै सोड नेपालले महालक्ष्मी माविको १६ कोठे पक्की भवन समेत निर्माण गरेको छ । विद्यालयमा लाइब्रेरी, कम्प्युटर, सोलार, सीसी क्यामेरा र डेक्स–बेञ्च पनि उपलब्ध गराएको सोड नेपालले जनाएको छ ।