काठमाडौं नेशनलको सम्बन्धन खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
मेडिकल कलेज सञ्चालन गर्न कुनै मापदण्ड नपुगेको भन्दै त्रिवि कार्यकारी परिष्दले उक्त कलेजलाई दिइएको अस्थायी सम्बन्धन खारेज गरेको थियो ।
त्रिविको निर्णय कार्यान्वयन नगर्न माग गर्दै कलेजका सञ्चालक जैनुद्धिन अन्सारीले सर्वोच्चमा दायर गरेको रिटमा सुनुवाई गर्दै कात्तिकमा न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले सम्बन्धन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
स्वास्थ्यमन्त्रालयले समेत काठमाडौं नेशनल मेडिकल कलेजले अस्पताल सञ्चालनका लागि मन्त्रालयबाट स्वीकृति नलिएको जनाएको छ । मेडिकल कलेजका लागि अत्यावश्यक अस्पताल सञ्चालनका लागि मन्त्रालयबाट स्वीकृति लिनु जरुरी छ ।