हुम्लाको सर्केगाडमा सिटिजन्स ब्यांकको शाखा
सिटिजन्स ब्यांक इन्टरनेसनल लिमिटेडले हुम्लाको सर्केगाडमा ६४औं शाखा स्थापना गरेको छ ।
ब्यांकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले सर्केगाड शाखाको उद्घाटन गरेका हुन् ।
सिटिजन्स ब्यांकले ६४ शाखा, ६२ एटीएम र ९७ वटा शाखा रहित प्रणालीबाट देशभर ब्यांकिङ सेवा दिंदै आइरहेको छ ।
ग्रामीण भेगका जनतालाई ब्यांकिङ सेवाको पहुँचमा ल्याउन सर्केगाड शाखा स्थापना गरेको ब्यांकले जनाएको छ । सर्केगाड शाखाले कृषि कर्जा, पशुपालन, साना व्यवसाय कर्जा लगायतका क्षेत्रमा विशेष जोड दिएर सेवा प्रभाव गर्ने जनाएको छ ।