कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको स्थायित्व र आर्थिक समृद्धिका लागि आगामी निर्वाचनमा कांग्रेसले जित्नु अपरिहार्य भएको बताएका छन् ।
१४ कात्तिकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन २०७४ का लागि कांग्रेसको घोषणापत्र सार्वजनिक गर्दै उनले कांग्रेसको नेतृत्वमा नै २००७ सालयता मुलुकमा ठूला परिवर्तन सम्भव भएको र मुलुकमा अब आर्थिक समृद्धि गर्न पनि आसन्न निर्वाचनमा पनि कांग्रेस विजयी हुनुपर्ने धारणा व्यक्त गरे ।
कम्युनिष्ट शासन व्यवस्थामा व्यक्तिगत स्वतन्त्रता र मानवाधिकार हनन हुनाका साथै त्रासको वातावरण हुने बताउँदै प्रधानमन्त्री देउवाले भने, “जनतालाई देशको मालिक बनाउन लोकतन्त्र नै चाहिन्छ र लोकतन्त्रको संरक्षण कांग्रेसले मात्र गर्न सक्छ ।”
कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सात दशकपछि मुलुकमा नयाँ संविधानमार्फत राजनीति व्यवस्थाको टुंगो लागेको बताउँदै मुलुकमा अब आर्थिक समृद्धि आवश्यक भएको र यसका लागि कांग्रेसले घोषणापत्रमार्फत प्रतिबद्धता सार्वजनिक गरेको जानकारी दिए ।
पार्टीका महामन्त्री डा. शशांक कोइरालाले कम्युनिष्ट पार्टीहरु एक ठाउँमा उभिनु कांग्रेसका लागि चुनौती भएको उल्लेख गर्दै आगामी निर्वाचनमा सम्पूर्ण कांग्रेस नेता कार्यकर्ता एक ढिक्का भएर निर्वाचनमा होमिन आग्रह गरे ।
पार्टीका नेता एवं घोषणापत्र तयारी समितिका संयोजक महेश आचार्यले घोषणापत्रका बारेमा जानकारी दिँदै राजनीतिक स्थायित्व, लोकतन्त्रको सुदृढीकरण र मुलुकको समृद्धिका लागि आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउनुपर्ने बताए ।
नेपाली कांग्रेसको घोषणापत्र: