पत्रकार चन्द्रकिशोरमाथि एसएसबीद्वारा दुर्व्यवहार
पत्रकार चन्द्रकिशोरमाथि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दुर्व्यवहार गरेकाे छ ।
१३ कार्तिकमा सर्लाहीको बलराबाट भारतको सीतामढी हुँदै वीरगञ्ज फर्कने क्रममा आफूमाथि दुर्व्यवहार भएको उनले हिमालखबरलाई बताए ।
स्थायी घर सर्लाही भएका पत्रकार चन्द्रकिशोर लामो समयदेखि वीरगञ्जमा बसेर पत्रकारिता गर्दै आएका छन् ।
छठ मनाएर घरबाट फर्केका उनलाई सितामढीको बसविटामा एसएसबीका जवान अनिल कुमारले सामान चेकजाँचकाे बहानामा दुर्व्यवहार गरेका हुन् ।
उनी भन्छन्, “पत्रकार हुँ भनेर परिचय दिँदादिँदै पनि अपशब्द समेत प्रयोग गरे ।”
पत्रकार चन्द्रकिशोर सीमा क्षेत्रका नेपालीले दिनहुँ जस्तो एसएसबीबाट दुर्व्यवहार खेप्दै आएको बताउँछन् ।